आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’- मस्को

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’- मस्को


शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ ¥यावकोभले आइतबार बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो ।

विदेशमन्त्री ¥यावकोभले रूसी समाचार संस्था तासलाई भने, ‘म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन । अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ ।’

तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई अविवेकी निर्णय भन्दै आलोचना गरेका छन् । ‘अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,’ गोर्भाचोभले इन्टरफ्याक्सलाई बताए ।

उनले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताए । ‘यो घोषणाले विवेकको कमीलाई देखाउँछ,’ गोर्भाचोभले भने ।