पत्रकार खाशोग्गीको हत्या यसरी स्वीकार गऱ्यो साउदी अरबले

पत्रकार खाशोग्गीको हत्या यसरी स्वीकार गऱ्यो साउदी अरबले


रहस्यमयी तरिकाले हत्या गरिएका साउदी पत्रकार जमाल खाशोग्गीका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ । साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकारका परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

मारिएका साउदी पत्रकार जमाल खाशोग्गीका छोरालाई उनीहरुले समवेदना व्यक्त गरेको समाचारमा जनाइएको छ ।

साउदीको राज्यद्वारा सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले संप्रेषण गरेको समाचारमा स्वर्गीय पत्रकारका छोरा सलेह खाशोग्गीले शाही परिवारप्रति धन्यवाद व्यक्त गरेको समेत उल्लेख छ ।

द वासिङटनपोष्टका स्तम्भकारसमेत रहेका साउदी पत्रकार खाशोग्गी टर्कीको स्तानबुलमा रहेको साउदी बाणिज्य दूतावासबाट यही अक्टोबर २ तारिखदेखि बेपत्ता भएका थिए ।

राज्यले उनको अघिल्लो शनिबार नै भिडन्तका क्रममा हत्या भएको दाबी गरेको थियो । तर हत्याका बारेमा थप विवरण भने दिइएको छैन । उनको हत्या राज्यसंयन्त्रकै माध्यमबाट भएको भन्नेचाहिँ राजपरिवारले दिएको समवेदनामार्फत परोक्ष तवरले प्रष्टिन पुगेको छ ।