भारत र वेस्टइण्डिजबीच विशाखापटनममा भएको दोश्रो एकदिवशीय क्रिकेट खेल ‘टाई’ भएको छ । निकै सनसनीपूर्ण र रोमान्चक खेलमा वेष्टइण्डिजका ब्याट्सम्यान शाई होपले अन्तिम बलमा चार रन बनाएपछि खेल टाई भएको हो । अन्तिम बलमा वष्टइण्डिजलाई जितको लागि पाँच रनको आवश्यकता थियो ।
टस जितेर पहिलो ब्याटिङ गरेका भारतले निर्धारित ५० ओभर ६ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो । जस्मा कप्तान विराट कोहलीले अविजित १ सय ५७ रन बनाएका थिए । भारतको तर्फबाट रायडुले ७३ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । यो खेलमा उत्कृष्ट प्रदर्शन गरेका विराट म्यान अफ दि म्याच चुनिएका थिए ।
३ सय २२ रनको विजय लक्ष्य पाएको वष्टइण्डिजको शुभारम्भ राम्रो हुन सकेन । १०० रन नबनाउँदै आफ्नो महत्वपूर्ण ३ विकेट गुमाएको वष्टइण्डिज त्यसपछि खेलमा फर्किएको थियो । हेटमायरको अर्धसतक अर्थात् ९४ रन र शाइ होपको १ सय २३ रनको अविजित पारीले वेष्टइण्डिज विजयको नजिक पुगेपनि गलत समयमा हेटमायर आउट भएपछि वेष्टइण्डिज खेल जित्न असफल भयो ।
वेष्टइण्डिजले सजिलै जित्ने अनुमान गरेपनि भारतका बलरहरुको उत्कृष्ट प्रदर्शन वेष्टइण्डिजको लागि बाधक बनेको थियो । त्यसपछि वष्टइण्डिज ३ सय २१ रनमा समेटिए पछि खेल टाई भएको थियो ।
पाँच एकदिवसिय श्रृँखलाको पहिलो खेल भारतले जितेको थियो । अब तेस्रो खेल आगामी शनिबार (कार्तिक १०) मा आयोजना हुनेछ ।
प्रतिक्रिया