३५ हजार ऋण लागेपछि किसानले गरे आत्महत्या

३५ हजार ऋण लागेपछि किसानले गरे आत्महत्या


भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् ।

स्थानीयवासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो ।

परमानन्दलाई स्थानीयवासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पुऱ्याए पनि बचाउन सकिएको थिएन ।