राहुल गान्धी पक्राउ

राहुल गान्धी पक्राउ


भारतमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का निर्देशक अलोककुमार बर्मालाई सरकारले बिदामा राखेको विषयलाई लिएर कंग्रेसले आयोजना गरेको प्रदर्शनका क्रममा पक्राउ परेका हुन् । गान्धीलाई प्रदर्शनकै क्रममा सीबीआईको दिल्लीमा रहेको मुख्यालयनजिकैबाट प्रहरीले पक्राउ गरेको हो ।

भारत सरकारले सीबीआईका निर्देशक बर्मा र सीबीआईका विशेष निर्देशक राकेश अस्थानाबीच विवाद बढेपछि दुवैलाई बिदामा राखेपछि कंग्रेसले विरोध प्रदर्शन गर्नेक्रममा उनी पक्राउ परेका हुन् ।

सीबीआईका विशेष निर्देशक अस्थानालाई सीबीआईले घुस लिएको अभियोग लगाएको छ भने कंग्रेसले फ्रान्सबाट लडाकु विमान खरिद गर्दा घोटाला भएको भन्दै सीबीआईले छानबिन शुरु गरेपछि सरकारले बर्मामाथि कारबाही गरेको जनाउँदै विरोध जनाएको हो ।