मीठो चुम्बन– मोतीराज बम
बाँझी आमाको दूध चुस्न
तम्सिने बालक
भोलि देशको राष्ट्रपति भयो भने
के होला ?
बाटो बिराएपछि पनि
बाटो यही हो भनी जिद्दी गर्ने मान्छे
भोलि देशको प्रधानमन्त्री भयो भने
के होला ?
घुस दिएर आयोगमा
जागिरमा स्थायी भएको कर्मचारी
भोलि देशको न्यायधीश भयो भने
के होला ?
वर्तमान साक्षी छ प्रिय
कुरा तिमीले पनि बुझ्यौ
कुरा मैले पनि बुझेँ
मीठो चुम्बन देऊ मलाई
संसार बदल्ने आँट मसँग छ
यिनीहरू त
देशका बोझ हुन्
बेकारका बोझ ।
लेखक– लक्ष्मी अधिकारी सिलवाल
ब्रह्म देख्छ, चित्त बोल्छ, तनले सत्य पोख्छ
लेखक नै हुन् मनका धनी, जसले तथ्य खोल्छ
कल्पनाको संसारमा, बगिरहने सोचाइ
सहिदिने जोसुकैको, हरथरीका घोचाइ
मौनतामा बसीबसी, विश्व पचाइदिने
ब्रह्माण्डकै गाँठी कुरा, बेच्न पठाइदिने
जति लेख्यो, लेखुँ–लेखुँ, लेखकको बानी
कथाव्यथा पस्किदिने, विषय छानी–छानी
नहुँदामा लेखकहरू, कसले लेख्ने कृति ?
उनको अभावमा यहाँ, अन्धो हुन्छ दृष्टि ।
प्रतिक्रिया