आदर्श विद्या मन्दिरमा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्वप्रशिक्षक पाभेल रेहोरेकले कात्तिक १० गते शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभीएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलरबराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल सामग्रीमा ६ वटा बोर्ड, रोबोर्ट, बल र जर्सीलगायत रहेको पुरुषोत्तमले जानकारी दिए ।
सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, स्वीस प्रशिक्षक पाभेल र एभीएमकी प्रिन्सिपल सुजिता मानन्धरले नवनिर्मित टेबलटेनिस हलको उद्घाटन गरेका थिए । कार्यक्रममा गत ८ देखि २७ अक्टोबरसम्म भएको टेबलटेनिस प्रशिक्षण क्याम्पमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदानसमेत गरिएको थियो । कुल ६० खेलाडीले सहभागी क्याम्पमा स्वीस प्रशिक्षक पाभेलले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया