नरभक्षी दाजुभाइलाई बाह्र वर्ष कैद सजाय
मानिसको मासु खाने गरेकोे अभियोग लागेका पाकिस्तानका दुई दाजुभाइलाई अदालतले १२–१२ वर्षको कैद सजाय तोकेको छ । पञ्जाव प्रान्तका मोहम्मद फराम अली र मोहम्मद आरिफ अलीलाई गत अप्रिलमा एक बालकको चिहान खोतलेर शव निकाली मासु पकाएर खाएको अभियोगमा गिरफ्तार गरिएको थियो । मानिसको मासु खाने व्यक्तिका रूपमा पहिलेदेखि नै छिमेकीहरूले आशङ्का गर्दै आएका ती दाजुभाइ यस्तैखालको अपराधका लागि केही वर्षअघि पनि सजाय पाइसकेका व्यक्तिका रूपमा एजेन्सीहरूले समाचार प्रकाशमा ल्याएका छन् । यसपटक पनि उनीहरूको घरबाट कुहिएको मासुको गन्ध आएपछि खानतलासी लिँदा एक बालकको टाउको फेलापरेको थियो । सोधपुछका क्रममा चिहानबाट बालकको शव निकालेर घर लगी पकाएर खाएको दुवै भाइले स्वीकार गरेको दाबी गरिएको छ । अली भाइहरूलाई कब्र (चिहान)मा खेलवाड गरेको अभियोगमा सन् २०११ मा पनि दुई वर्ष जेल सजाय भएको थियो । गत मे महिनामा मात्र उनीहरू जेलमुक्त भएका थिए । पञ्जावस्थित एक आतङ्कवाद निरोधक अदालतले १२–१२ वर्ष कैद सजाय सुनाए पनि उनीहरूले हाई कोर्टमा अपिल गर्न सक्ने बताइएको छ ।
युवती र डल्फिनबीच यौन सम्बन्ध !
डल्फिनलाई अङ्ग्रेजी भाषा सिकाउन गएकी एक २३ वर्षीया सुन्दरीको उक्त डल्फिनसँग माया बस्यो, यहाँसम्म कि प्रेम झ्याङ्गिएर डल्फिन र युवतीबीच सेक्स सम्बन्धसमेत हुन पुग्यो । तर, जब ती युवतीसँग विछोडिनुप-यो, डल्फिनले प्रेमवियोग सहन सकेन र आत्महत्या नै ग-यो । झट्ट सुन्दा यो कहानी फिल्मीजस्तो लाग्न सक्छ, तर यो वास्तविक हो । मार्गरेट होवी नामक महिलाको भनाइ उद्धृत गर्दै डेली मेलमा प्रकाशित समाचारअनुसार केही वर्षअघि मार्गरेट एक पिटर नाम दिइएको डल्फिनलाई अङ्ग्रेजी सिकाउन भर्जिन आइसल्यान्ड गएकी थिइन् । अङ्ग्रेजी सिकेर पिटरले मानिसलाई थप मनोरञ्जन प्रदान गर्न सकोस् भन्ने उद्देश्य लिइएको थियो । २३ वर्षीया मार्गरेट पिटर (डल्फिन)सँगै खाना खान्थिन्, खेल्दिथिन् र बाँकी समय पनि उसैसँग बिताउँथिन् । पिटरसँग मार्गरेटले बिताएका हरेक क्षणको फिल्माङ्कन गरिन्थ्यो । यसरी पिटरसँग क्षण–क्षण बिताउन थालेपछि कतिबेला मार्गरेटको उससँग प्रेम बसेछ, उनी स्वयम्लाई नै पत्तो भएन । यसरी, मार्गरेट पिटरसँग निकै आनन्दित हुन थालेकी थिइन् भने पिटर पनि मार्गरेटबिना बस्नै नसक्ने भइसकेको थियो । उनीहरूबीच सेक्सुअल सम्बन्धसमेत सुरु भएको मार्गरेटको दाबी छ । यस्तै क्रममा पिटरको जाँच गर्ने अधिकारीहरूले पिटरलाई अन्यत्रै लिएर गए । हृदयको कुरा सम्झन सक्ने तीक्ष्ण बुद्धिको पिटरले त्यो सहन सकेन र अन्ततः आत्महत्या नै गर्न पुग्यो ।
महिलाले छेपारो जन्माएपछि…
इन्डोनेसियामा एक महिलाले आठ महिनाको गर्भपछि छेपारो जन्माएको घटना प्रकाशमा आएको छ । इन्डोनेसियाको ओइन्युन्टो गाउँमा ३१ वर्षीया डेबी न्युवाटोनिस नामक महिलाले सन्तानका रूपमा छेपारोलाई जन्म दिएपछि स्थानीयवासी आश्चर्यचकित बनेका र कतिपयले ती महिलालाई जादु–टुना गर्ने व्यक्तिका रूपमा चित्रित गर्दै हत्याको धम्की दिएका छन् भने वैज्ञानिकहरूले चाहिँ यो हुनै नसक्ने भन्दै मानिसबाट छेपारो जन्मिएको घटना ‘बकवास’ भएको दाबी गरेका छन् । एक प्रजातिको जीवले अर्को प्रजातिलाई जन्म दिनै नसक्ने उनीहरूको तर्क छ । गत मे महिनाको घटना भन्दै प्रकाशमा ल्याइएको उक्त घटनाको जाँच गर्न एक सरकारी टोली सम्बन्धित गाउँमा खटाइएको छ ।
प्रतिक्रिया