सामूहिक भोजनको गुणस्तर कत्तिको स्वस्थकर ?

सामूहिक भोजनको गुणस्तर कत्तिको स्वस्थकर ?


-सम्झना शाक्य
पृष्ठभूमि
नेपाली समाज विश्वमा नै संस्कृतिमा निकै धनी छ । अतुलनीय आतिथ्य सत्कार, चाडपर्व तथा भोजभतेरहरू हाम्रा संस्कृतिका केही उदाहरण हुन् । विवाह, ब्रतबन्ध, चाडवाड, जन्मदिनजस्ता खुसीका क्षणहरूमा भोजभतेर गरी आप\mनो खुसी साट्ने चलन छ । त्यसैगरी सभा, सम्मेलन, सेमिनार, गोष्ठीहरूमा पनि लन्च बक्स दिने चलन छ । त्यतिमात्र होइन, यो आधुनिक समाजमा प्राय: मानिस व्यस्त रहने हुँदा क्यान्टिन वा रेस्टुरेन्टमा खाना खाने चलन पनि छ । यसरी हामी विभिन्न तरिकाबाट सामूहिक भोजनमा सरिक भएका हुन्छौँ । यसको औसत सङ्ख्या सालाखाला कामकाजी मानिसका लागि हरेक दिनको कुनै एक छाक र घरमै बस्ने मानिसका लागि कम्तीमा पनि हप्ताको एक छाकजस्तो पर्न आउँछ । सामूहिक रूपमा पकाइएका खानेकुरा पक्कै पनि घरका चार-पाँचजना मानिसलाई पकाएकोजस्तो व्यक्ति-विशेषलाई ख्याल गरेर बनाइएको हुँदैन । साधारण खालका स्वाद, मरमसला र तरिकाबाट बनाइएका हुन्छन् । यसरी सामूहिक रूपमा पकाइने खानेकुराको विषयमा छलफल नै गर्नुपर्ने कारण के हो त भन्दा, एक त यी खानेकुरा स्वस्थकर छैनन्, दोस्रो यसमा अधिकतम् क्यालोरी -खानाबाट पाइने शक्ति) भएका हुन्छन् भने तेस्रो हामीले यस्ता खाना खाने सङ्ख्या बढेको छ । यसैले यस्ता खानेकुरा हामीले दिनहुँ खाने खानेकुराजत्तिकै महत्त्वपूर्ण छन् । न्ोपालमा दिनहुँ बढ्दै गइरहेको मधुमेह, उच्चरक्तचाप, उच्च कोलेस्टेरोलजस्ता रोगहरूको हिसाबले कुरा गर्ने हो भने यस्ता खानेकुरामा परिमार्जन हुनु आजको महत्त्वपूर्ण आवश्यकता हो ।
यसरी सामूहिक रूपमा पकाइने खानेकुरामा बढी तेल, नुन तथा मसला राखिएको पाइन्छ । भोजमा हामी स्न्याक्सको रूपमा तेलमा तारिएका आलु चिप्स, पकौडा, मासु, प्राउन, आलु वा मासुका चिल्लीहरू खाने गर्दछौँ । मुख्य खानामा पनि मासुका परिकारहरू, नुन तथा चिल्लो बढी राखिएका मसलादार खानेकुराहरू खाने गर्दछौँ । लन्च बक्सको कुरा गर्ने हो भने पनि त्यस्तै समोसा, आलुचिप्स, मिर्ठाईजस्ता खानेकुराहरू राखेर बनाइन्छ । यस्तो भनेर खाद्यपदार्थसम्बन्धी व्यापार-व्यवसाय गर्ने होटल, रेस्टुरेन्ट तथा क्यान्टिन व्यवसायीहरू, क्याटरिङ सेवाका व्यवस्थापकहरूलाई हत्तोत्साहित पार्न खोजिएको भने होइन । खालि यसको उद्देश्य सस्तो, मीठो र छिटो बनाउने क्रममा स्वास्थ्यको पनि विचार गरौँ भन्ने सन्देश दिन खोजेको मात्र हो । हाम्रा भोजहरूमा पाइने मुख्य खानाहरूमा पुलाउ, मासु, राजमा, तेलमा डुबाईएका स्न्याक्सहरू, अल्कोहलजन्य पेय पदार्थहरू, अधिकतम क्यालोरी हुने चिसो पेय पदार्थहरू आदि पर्दछन् । यी सबै खानेकुरामा चिल्लो बढी हुने, नुन बढी हुने र समग्रमा सबै खानेकुरालाई विचार गर्ने हो भने एक छाकमा भोजमा हजारौँ क्यालोरी रहेको हुन्छ जुन वास्तवमा सामान्य काम गर्ने एक व्यक्तिलाई दुईदेखि तीन दिनका लागि पुग्ने क्यालोरी हो । तेलमा भ\mवाम्म डुबाएर पकाउने हुनाले कुनै पनि हिसाबमा यस्ता खानेकुराहरू स्वस्थ हुँदैनन् ।
स्न्याक्स वा चमेनामा गर्न सकिने परिमार्जनहरू
विशेषगरी स्न्याक्स भन्नेबित्तिकै तेलमा भ\mवाम्म डुबाएर पकाएका मसलादार खानेकुरा पर्दछन् । हुन त यस्तो खानेकुरा धेरै मानिसलाई मन पनि पर्ला । तर थोरबहुत मानिस जो स्वास्थ्यका हिसाबले सचेत छन् वा जो बिरामी नै छन् त्यस्ता मानिसका लागि चाहेर पनि स्वस्थ खानेकुरा भेटिँदैन । त्यसैले त्यस्ता समुदायलाई ख्याल गरी केही स्वास्थ्यबर्धक खानेकुरा पनि स्न्याक्सका रूपमा समावेश गर्न सकिन्छ । जस्तै उदाहरणका लागि उसिनेका तरकारीहरू, फलफूलहरू, गाजर, काँक्रो, मूलाजस्ता सलादहरू आदि पर्दछन् । मासुका परिकारहरूलाई पनि तेलमा तार्नेभन्दा उसिनेर, मोलेर वा बफाएर पकाउन सकिन्छ । नुन तथा चिल्लोको प्रयोग कम गर्न सकिन्छ । त्यसैगरी मुख्य खानाको अगाडि तरकारीहरू मिसाएर बनाएको सुप -मिक्स भेजिटेबल सुप) दिन सकिन्छ । यसरी स्वस्थ स्न्याक्स खाइयो भने मुख्य खाना केही अस्वस्थ किसिमको भए पनि हामीलाई थोरै खाए पनि सन्तुष्टि हुन्छ । किनभने हाम्रो पेट त स्वस्थ खानाले भरिसकेको हुन्छ ।
मुख्य खानाको परिमार्जन
भोजभतेरमा हामी सकेसम्म धेरै परिकार बनाउने गर्दछौँ । त्यसो गर्नुभन्दा थोरै तर मीठो तथा पोषिलो परिकार बनाउन सकेमा स्वास्थ्यको हिसाबले राम्रो मात्र होइन, तपाईंल्ो खुवाउनुभएको भोज सम्भिmनलायकको पनि हुन्छ । सकेसम्म परिकारमा नुन तथा चिल्लोको मात्र कम गर्नुपर्छ । त्यसैगरी क्रिम, बटरजस्ता चिल्लो पदार्थको सट्टामा वनस्पतिजन्य तेलहरू प्रयोग गर्न सकिन्छ । मासुका परिकारमा पकाउनुभन्दा पहिला नै छाला, बोसोजस्ता त्ात्त्वहरू निकाल्न सकिन्छ । चिल्लो पुलाउको सटामा सादा खाना, रोटी, गहुँको चिउरा आदि दिन सकिन्छ । बफेट तरिकाबाट खाना सेट प्रणालीमा थोरै परिमार्जन गरी सलाद, साग, तरकारीलाई सुरुको सेटमा राखी भात, अन्य चिल्लो खानेकुराहरू, माछामासुलाई अन्तिमतिर राख्न सकिन्छ । त्यसैगरी अन्तिममा दही, मिर्ठाई दिँदा सादा दही दिने, थोरै मिर्ठाई दिने गर्न सकिन्छ । यसरी हामीले खानामा थोरै परिमार्जन गरेमा चिल्लो, नुनको मात्रा कम हुन्छ । अनावश्यक क्यालोरी पनि खाइँदैन । अर्को कुरा बिरामीका लागि पनि उपयुक्त हुन्छ । आपनो खुसीसँग स्वास्थ्य पनि बाँड्ने प्रयास गर्नुपर्छ ।
लन्च बक्सको परिमार्जन
लन्च बक्समा राखिने खानेकुरा मुख्यतया: समोसा, पकौडा, आलुचिप्स, स्यान्डविचजस्ता खानेकुराहरू राख्ने चलन हुन्छ । यस्तो लन्च बक्सलाई पनि हामीले स्वस्थ किसिमका खानेकुराहरू राखेर परिमार्जन गर्न सकिन्छ । जस्तो, फलफूलहरू, उसिनेका तरकारीहरू, तेलमा नतारिएका खानेकुराहरू आदि राखेर स्वस्थ किसिमको लन्च बक्स तयार गर्न सकिन्छ ।
क्यान्टिनको खानेकुरामा परिमार्जन
क्यान्टिनमा राखिने खानेकुराहरूलाई धेरै व्यवसायीकरण नगरी घरमा पकाउने खानेकुराजस्तै बनाउने कोसिस गर्नुपर्छ । क्यान्टिन-रेस्टुरेन्टहरूमा खानेकुराहरू खाँदा अर्डर गर्दाखेरि नै नुन कम, चिल्लो कम गरेर बनाउन भन्नुपर्छ । क्यान्टिनमा बिरामी खानाको पनि व्यवस्था गरिदिनुपर्छ ।
बिरामीलाई सल्लाह
मधुमेह, उच्चरक्तचाप, उच्च कोलेस्टेरोल, मुटुको रोगजस्ता रोग भएका बिरामीलाई त बाहिर खाना खानु कम्ता अप्ठ्यारो हुँदैन । सामाजिक क्रियाकलापमा सामेल नहुन पनि मिल्दैन । जाउँ भने पनि के खाने के खानेजस्तो हुन्छ । नखाईकन फर्कुं भने पनि आयोजक रिसाउनु होला भन्ने चिन्ता पर्छ । यसैले यस्तो सभा, भोज, भतेर त बिरामीका लागि नखाऊँ त दिनभरको सिकार, खाउँm भने कान्छा बाउको अनुहार भन्ने उखानजस्तै हो । त्यसैले यस्ता बिरामीले स्न्याक्स सेक्सनलाई छोडिदिनु नै राम्रो हुन्छ । अर्को कुरा भोज जानुअगाडि नै घरमा केही खानेकुराहरू खाएर गएमा राम्रो हुन्छ । भोजमा पनि सकेसम्म स्वस्थ खानेकुराको छनोट गरेर खानुपर्छ । धेरै परिकारमध्येबाट केही परिकारको छनोट गरेर खाने वा सबै परिकार थोरै-थोरै मात्र लिएर चाख्ने गर्नुपर्छ । कहिलेकाहीँ भोजभतेरमा सामान्यतया घरमा पकाएर खान कठिन हुने खालका विशेष किसिमका स्वादिला परिकार पनि रहने गर्छन् । त्यस्तो बेलामा साधारणतया खाइने परिकारहरू त्यागेर त्यस्ता विशेष परिकार खाए पनि हुन्छ । जस्तो दाल, राजमाजस्ता सामान्य परिकार माछा-मासु खाँदाखेरि नखाए पनि हुन्छ । आखिर दुवै खानामा प्रोटिन भनिने पौष्टिक तत्त्व रहने हो । भोजभतेरमा जति सक्छ त्यति खाने, जस्तो पायो त्यस्तो खानेभन्दा पनि संयमित भएर चलाखीपूर्ण ढङ्गबाट खानाको छनोट गरी भोजको रमाइलो पनि गर्नुपर्छ साथै स्वास्थ्यको ख्याल पनि गर्नुपर्छ । मधुमेह बिरामीको हकमा भन्ने हो भने खानाअगाडि खाने औषधि बोक्न बिर्सनुहुन्न । इन्सुलिन लगाउने बिरामीको हकमा सामान्य खाना खानेबेलाभन्दा भोजभतेरमा आवश्यकताअनुसार बढी मात्रामा इन्सुलिन पनि लगाउन सकिन्छ । भोज गएको भोलिपल्ट राम्ररी व्यायाम गरेर पनि बढी खाइएका कुरालाई ब्यालेन्समा ल्याउन पनि सकिन्छ ।
र्ससर्ती हेर्दा यसमा परिवर्तन असम्भवजस्तो लाग्छ । तर, राम्रो कामको सुरुवात जहाँबाट जसरी गरे पनि हुन्छ । हिजोआज जीवनशैली तथा खानपानसँग सम्बन्धित रोगहरू दिनानुदिन बढ्दै गइरहेको छ । अस्वस्थ खानपान तथा निष्क्रिय जीवनशैली यसका प्रमुख कारणहरू हुन् । सधैंभरि घरमा नै पकाएका खानेकुरा खान पनि व्यावहारिक हुँदैन । भोजभतेरलाई त्यागेर समाजमा सुधारमूलक उदाहरणीय काम गर्ने मानिस पनि नभएका पनि त होइनन् । यदाकदा कसैकसैले भोजभतेरमा लाग्ने खर्च दान तथा समाजसेवामा लगाए पनि प्राय: मानिसमा यस्तो तत्परता ल्याउन गाह्रो पनि हुन्छ । शायद यो सामाजिक प्रतिष्ठा र मानिसको आत्मसन्तुष्टिसँग गाँजिएको हुनाले पनि यो एकैचोटि परिवर्तन गर्न गाह्रो हुन्छ । तर, हामीले चलिआएको चलन थोरै परिमार्जन गरेर यस्ता अवसरलाई सुव्यवस्थित तथा स्वादिलो त बनाउन सक्छौँ । समयको परिवर्तनसँगै संस्कृति, जीवनशैली, खानपान, रहनसहन आदिमा पनि सुदृढीकरण गर्दै लैजानु स्वस्थ जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
पाठकवृन्द, आजको यस स्तम्भ पढ्दै गर्दा तपाईंहरूलाई हत्तेरिका यो स्तम्भकारले भोजभतेरको मर्म नै बुझेन जस्तो लाग्यो होला । तर, एकपटक याद गर्नुहोस् न के हामी चिनीबिनाको चिया कहिल्यै कल्पना गथ्र्यौं ? गर्दैनथ्यौँ नि हगि ! तर हिजोआज चिनी भएको चिया र चिनी नभएको चिया भनेर व्यवस्था गरिएको हुन्छ । यसरी समाजमा बिस्तारै परिवर्तन हुँदै आएको हुन्छ । त्यसैले हाम्रो खानपान तथा रहनसहन भनेको प्रत्यक्ष रूपमा नै समाज र संस्कृतिसँग जोडिएको कुरा हो । यही स्वस्थ खानपान र रहनसहन नै स्वस्थ जीवनको आधार हो । त्यसैले हामी चलिआएको सामाजिक नियममा सुधार तथा परिमार्जन गर्न सक्छौँ र पक्कै पनि एक दिन यस्तो परिमार्जनलाई समाजले स्वीकार गर्नेछ र स्वागत गर्नेछ । र, तपार्इं जो यस सुधारको लागि हिम्मत गर्दै हुनुहुन्छ, तपाईंलाई समाजले धन्यवाद पनि दिनेछ ।