नेपाली काङ्गे्रसका युवा नेता एवम् सभासद् डा. अमरेशकुमार सिंह नयाँदिल्लीको साताव्यापी भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर गत शनिबार (जेठ ३१) काठमाडौ: फर्कनुभएको छ । मोदीको शपथग्रहण समारोहमा नेपालका तर्फबाट सहभागिता जनाउन जानुभएका प्रधानमन्त्री सुशील कोइरालाले त्यसबेला प्रधानमन्त्री मोदीसँग सामूहिक रूपमा पन्ध्र मिनेट वार्तालाप गर्ने अवसर पाउनुभएको थियो । तर, सभासद् सिंहले बीस मिनेट एक्लाएक्लै कुराकानी गर्ने अवसर पाउनुभयो । सिंहका अनुसार नयाँदिल्लीस्थित प्रधानमन्त्रीको निवासस्थानमा भएको भेटमा प्रधानमन्त्री मोदीले नेपाल र नेपाली जनताप्रति उच्च सम्मान र गहिरो पे्रम जाहेर गर्दै नेपालको शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको छ । मोदीसँगको वार्तालापपश्चात् आफूलाई परेको ‘इम्पे्रसन’का आधारमा युवा नेता सिंहले घटना र विचारसँग भन्नुभयो, ‘मोदीजीको नेतृत्वमा भारत धेरै नै अघि बढ्ने सम्भावना छ । नेपालको विद्यमान परिस्थितिमा सुधार भएन र यस्तै अन्योल तथा अराजकता कायम रहने हो भने नेपाली राजनीतिक नेतृत्वले दुर्दिन देख्नुपर्ला जस्तो मलाई लागेको छ ।’
‘नेपालका प्रधानमन्त्री सुशील कोइराला भारत जानुहँुदा उहाँको भारतीय समकक्षीसँग ‘वन टु वन’ भेट हुन सकेन र सामूहिक भेट पनि केवल पन्ध्र मिनेटको मात्र हुन सकेको थियो, तर तपाई:ले एक्लै बीस मिनेट समय पाउनुभयो, यो कसरी सम्भव भएको हो’ भन्ने हाम्रो जिज्ञाशामा डा. अमरेशको जवाफ छ, ‘मैले केही दिनअघिदेखि नै भारतीय प्रधानमन्त्री मोदीजीसँग भेट गर्नका लागि समय माग गरेको थिएँ र सहजै पाएँ पनि । हाम्रो भेट केवल राजनीतिक थियो । नेपालको परिस्थिति, दुईपक्षीय सम्बन्ध, नेपालको विकास, गणतन्त्र, सङ्घीयता, समावेशी अवधारणालगायतका विषयमा कुराकानी गरेँ । शान्तिपूर्ण, विकसित र स्थिर नेपाल दुवै मुलुकको हितमा हुन्छ भन्ने कुरालाई मैले भारतीय प्रधानमन्त्रीलगायत अन्य नेताहरूसँग पनि राखेँ ।’
नेपाल हिन्दूराष्ट्र बन्नुहुँदैन भन्ने आँटचाहिँ गर्नुभयो कि भएन ?
– हिन्दूराष्ट्रको सन्दर्भमा कुरै उठेन । न उहाँले उठाउनुभयो न मैले ।
० यसको मतलब भारतीय प्रधानमन्त्री र भाजपाका नेताहरूलाई हिन्दूधर्म र नेपाललाई हिन्दूराष्ट्रकै रूपमा कायम राख्नेबारे कुनै प्रकारको चासो नै रहेनछ, हो ?
– कुरै नभएको विषयमा मैले कसरी बुझ्नु, के भन्नु ?
० राजा, राजसंस्था या राजतन्त्रका बारेमा पनि कुनै कुरा भएन होला, होइन ?
– हो, त्यस विषयमा पनि कुनै कुरा गरिएन । बरु नेपालमा क्रिश्चियानिटी बढेको, गरिब तथा सीधा–सोझा नेपालीलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने क्रम बढेकोप्रति भने कतिपय नेताहरूले चिन्ता प्रकट गरेका थिए । यस विषयमा उहाँहरूलाई मैले निकै नै गम्भीर पाएको छु ।
० मोदीलाई भेट्दा तपाई:लाई कस्तो महसुस भयो ?
– उहाँ एकदम कमिटेड, एसर्टिभ र बोल्ड हुनुहुँदो रहेछ । जीवनमा भारत र नेपालका धेरै नेताहरूलाई भेटियो, तर मोदीजी जति स्ट्रङ नेता अहिलेसम्म मैले भेटेकै थिइनँ ।
० के कुराले तपार्इ:लाई ‘त्यस्तो इम्पे्रसन’ प-यो ?
– उहाँको प्रस्तुति, विषयगत दक्षता, हात मिलाएको तरिका, डे«सअप र दृष्टिकोणमा मौलिकता पाएँ । पहिलोपटक भेट्दैमा मोदीजी सामान्यभन्दा धेरै पृथक विशिष्ट मानिस भएको अनुभूति जोकसैलाई हुनसक्छ र मलाई पनि भयो ।
० नेपालबारे मोदीजीको बुझाइ के रहेछ ?
– नेपाल र नेपालीप्रति उहाँको अत्यन्त सम्मानभाव रहेछ । नेपालमा अविकास, गरिबी, हि:सा, द्वन्द्व, अराजकता र अस्थिरता छ भन्ने उहाँले राम्रोसँग बुझ्नुभएको जस्तो मलाई लाग्यो । श्री पशुपतिनाथप्रति अत्यन्त ठूलो श्रद्धाभाव मोदीजीमा रहेको मैले महसुस गरेँ । त्यसैले साउनको १९ गते सोमबार विशेष पूजाअर्चनाका लागि मोदीजी नेपाल आउनुहुने सम्भावना भएको मैले बुझेको छु ।
० तपाई:ले भारतमा यसपटक धेरै नेताहरूसँग भेटघाट तथा संवाद गर्नुभयो । नेपालमा गणतन्त्र यथावत् कायम राखिनुपर्छ भनी लबिङ गर्नका लागि तपाई: नयाँदिल्ली जानुभएको अनुमान पनि यहाँ गरिएको छ, वास्तविकता के हो ?
– मैले यसपालि धेरै राजनीतिक नेता र बौद्धिक समुदायका अगुवासँग भेटी परामर्श या अन्तरक्रिया गरेको छु । भेटका क्रममा सङ्घीयताको कुरा उठ्यो, मधेसका कुरा उठे, मधेसलाई राजनीतिक र सामाजिक रूपले कसरी पछाडि पारिएको छ भन्नेबारेमा स्पष्ट गर्ने काम पनि मबाट भएको छ । नेपालको आर्थिक विकासमा भारतको सहयोग थप वृद्धि होस् भन्ने माग पनि मैले राखेको छु, योभन्दा अरू कुनै विषयमा लबिङ गर्नुपर्ने अवस्था रहेको मैले महसुस गरिनँ ।
० नेपालमा तपार्इ:ले चाहेको या सोचेको जस्तै संविधान माघ ८ गतेभित्रै निर्माण हुनेमा चाहिँ तपाई: विश्वस्त हुनुहुन्छ ?
– आगामी माघ ८ गतेभित्रै संविधान बन्ने विश्वास गर्न नेताहरूको व्यवहारले नै दिइरहेको छैन । जनचाहनाअनुसार सङ्घीयता र समावेशी अवधारणासहितको संविधान नबन्ने सम्भावना पनि मैले देखेको छु ।
सभासद् एवम् युवा नेता अमरेशकुमार सिंह गत जेठ २४ गते शनिबार नयाँदिल्लीमा पुगी ३१ गते शनिबार काठमाडौ: फर्कनुभएको हो । सात दिन दिल्लीमा रहँदा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी, दिग्विजय सिंह, केसी त्यागी, विजय प्रताप, मन्त्री रविश:कर प्रसाद, राज्यमन्त्रीहरू निर्मला सीतारमन, मनोज सिन्हा, निहाल चन्दलगायत दुई दर्जनभन्दा बढी सा:सद तथा विदेशसचिव सुजता सिंहसहित केही निजामती कर्मचारी र बौद्धिक समुदायका अगुवासमेत गरी एक सयभन्दा बढीसँग भेट गरी अन्तरक्रिया तथा परामर्श गर्नुभएको थियो । सिंहले जुन गतिमा जति नेता तथा अन्यसँग भेट गर्नुभएको देखिन्छ, यसले उहाँको पछिल्लो नयाँदिल्ली भ्रमण अर्थपूर्ण रहेको सङ्केत दिएको छ ।
प्रतिक्रिया