कतारी दरबारमा राष्ट्रपतिलाई सम्मान गारत

कतारी दरबारमा राष्ट्रपतिलाई सम्मान गारत


कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज (मंगलबार) राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच अमिरी दिवानमा भेटवार्ता भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरबार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउनेलगायत विषयमा छलफल भएको छ । अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् ।

मित्रराष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा छन् ।