गैरकानूनी रूपमा एक सय बिरामी मारेको जर्मनेली नर्सद्वारा स्वीकार

गैरकानूनी रूपमा एक सय बिरामी मारेको जर्मनेली नर्सद्वारा स्वीकार


जर्मनीका एकजना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्ध रूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन् ।

अन्य बिरामीको हत्या गरेको अभियोगमा यसपहिले नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्वनर्स होएगेलले आफूले जानानान औषधीको अधिक मात्र बिरामीलाई दिएका बताएका एएपीएफले जनाएको छ।

बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफुले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताएका छन् । स्वास्थ्य कानूनले उक्त कार्यलाई अवैध मान्छ ।

जर्मनीको उत्तरी शहर ओल्डेनबर्गमा सुनुवाईको पहिलो दिन न्यायाधीश सेवास्टियन बुहेरम्यानले ‘के उनीमाथि लगाइएको आरोपहरू सही हुन् ?’ भनी गरेको सवालमा होएगेलले उक्त दावी सही भएको बताए ।

सुनुवाई शुरू भएपछि बुहेरम्यानले सुनुवाईको प्रमुख उद्देश्य भनेको अस्पताललाई हत्याविरोधी स्थान बनाउने रहेको बताए । जर्मनीका दुई अस्पतालमा भएका कतिपय लापरबाहीका कारण भएका दुःखद घटनामाथि छानविनरहित अवस्थामा छोड्नुको सट्टा कानूनी फैसला दिने उद्देश्यले सुनुवाई भएको उनको भनाई थियो ।

सत्य पत्ता लगाउन सम्भव भएसम्म कोशिस गरिने उनको भनाई थियो। ‘यो प्रकाश नछिर्ने घरको अध्याँरो कोठाजस्तो थियो । अध्यारोमा उज्यालो भर्न हामीले चाहेका छौँ’ उनले भने ।

पीडितहरूको एक मिनेट लामो निशब्दतापछि दारीवाल होएगेलले धैर्यसाथ सुन्दै आफ्नो टाउको झुकाएका थिए । जब सरकारी अभियापनकर्ता डानियला स्कीरेक बोहलम्यानले अस्पतालको लापर्बाहीका कारण मारिएका सबैको नाम पढेर सुनाएका थिए ।

अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओल्डेनबगस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहस्र्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरिएको थियो ।

होएगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका १३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।

हत्या दावी भएका एक मृतकका आफन्त क्रिश्चियन मारबाकले आफ्ना आफन्तलाई पनि चिकित्सकको अनुमतिबिना नै अस्पतालले मारेको दाबी गरे ।

तपाईं सरलक होम्स बन्नु हुँदैन, पीडितलाई न्याय दिलाउन र यस किसिमका घटना हुनबाट रोक्न आवश्यक सबै कदम चाल्नुपर्छस, मारबाकले बताए ।