बेलायतको ओर्चेस्टरमा भएको विश्व उमा कुङ्फु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा तामाङ सम्मानित भएकी छिन् ।
गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा मुन्नीलाई पदक जितेर राष्ट्रको पहिचान अभिवृद्धि गरेकोमा सम्मान गरेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । प्रतियोगिता अक्टोबर ८ देखि ७ तारिखसम्म भएको थियो ।
बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी र गल्कोट समाजका अध्यक्ष राजु कँडेलले मुन्नीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे । मुन्नीले गत अगस्टमा जर्मनीमा भएको १२औँ विश्व मार्सल आर्टस् च्याम्पियनसिपमा पनि कांस्य जितेकी थिइन् ।
प्रतिक्रिया