मार्सल आर्टस् टोली इन्डोनेसिया प्रस्थान

मार्सल आर्टस् टोली इन्डोनेसिया प्रस्थान


एसियाली मार्सल आर्टस् च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली कात्तिक १५ गते बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ ।

नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । मार्सल आर्टस् अर्गनाइजेसन नेपालको पहलमा टोली प्रतियोगितामा सहभागी हुन लागेको हो ।