इंग्लिस प्रिपरेटरी स्कुल (ईपीएस)ले यू–१९ नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सम्मान गरेको छ । एएफसी यू–१९ महिला च्याम्पियनसीप छनोटको दोस्रो चरणमा पुगेर इतिहास बनाएको भन्दै ईपीएसले यू–१९ महिला टिमको सम्मान गरेको हो । हालै थाइल्यान्डमा भएको छनोट प्रतियोगितामा हेड टु हेडको नियमअनुसार नेपाल समूह उपिवजेता बनेर अर्को चरणमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा घरेलु टिम थाइल्यान्ड, भारत र नेपाल तीन खेलबाट समान दुई जितसहित ६–६ अङ्कमा रहेका थिए । यद्यपि गोलअन्तरको आधारमा थाइल्यान्डले शीर्ष र नेपालले दोस्रो स्थान बनाए । भारत तेस्रो स्थानमा खुम्चिन बाध्य भयो । पाकिस्तान पुछारमा रह्यो ।
यस छनोट प्रतियोगिताबाट समूह विजेता स्वतः उत्कृष्ट उपविजेता अर्को चरणमा पुग्ने प्रावधान छ । तर, फाइनल चरण थाइल्यान्डमै हुने भएकोले समूह बीमा थाइल्यान्ड समूह विजेता भएमा यस समूहको उपविजेता हुने राष्ट्र विजेताको रूपमा अगाडि बढ्ने प्रावधानअनुरूप नेपाल अर्को चरणमा पुगेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष वृmष्ण थापाले थाइल्यान्डमामा उपलब्धि हासिल गरेको टिमलाई जनही ५० हजार रुपैयाँ दिने जानकारी गराए । त्यस्तै एन्फाका अर्का उपाध्यक्ष उपेन्द्र्रमान सिंहले जग बलियो भए मात्र घर बलियो हुने भएकोले एन्फा अहिले दीर्घकालीन योजनासहित ग्रासरुट फुटबलमा केन्द्रित भएर काम गरिरहेको बताए । ईपीएस स्कुलकी प्रिन्सिपल प्रमिला सिंहले महिला फुटबलमा चुनौती र अवसर दुवै रहेको धारणा व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया