महिला फुटबल टोली ५० हजारसहित सम्मानित

महिला फुटबल टोली ५० हजारसहित सम्मानित


मित्रराष्ट्र भुटानको थिम्पुमा भएको साफ यू– १८ च्याम्पियनसिपमा उपविजयी नेपाली महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नगदसहित सम्मान गरेको छ । प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलाडीलाई एन्फाद्वारा प्रदान गरिएको जनही नगद ५० हजार प्रदान गरेका थिए ।

खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै सदस्यसचिव विष्टले नेपाली चेलीहरूले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन् त्यो अविष्मरणीय भएको भन्दै खेलाडीले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रको आधिकारिक झन्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भएपश्चात् राष्ट्रको तर्फबाट पनि सम्मानको लागि पहल गर्ने बताए । विष्टले खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद परिषद् जहिले साथसाथ अगाडि बढ्ने बताए ।