छुट्टाछुट्टै दुर्घटनामा बीस घाइते

छुट्टाछुट्टै दुर्घटनामा बीस घाइते


धादिङ चरौँदी र ससाहमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा २० घाइते भएका छन् ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा२ख ४२४७ नं को माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर एक धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घइतेको राजमार्ग्स्थित सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

यसैगरी निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा धादिङबाट मलेखुतर्फ आउँदै गरेको कारले बिपरीत दिशाबाट जाँदै गरेको बा५१प ६३३९ नं मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइतेको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।