चौध किलो अवैध चाँदीसहित दुई जना प्रहरीको नियन्त्रणमा

चौध किलो अवैध चाँदीसहित दुई जना प्रहरीको नियन्त्रणमा


बारामा अवैध रुपले कारोबार गर्न लागेको चौध किलो चाँदीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगन्ज बाराबाट प्र.व.ना.नि. त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगंजस्थित पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको दुई मोटरसाइकल शंकास्पद लागेर रोकी चेकजाँच गर्दा मोटरसाइकलको ट्याङ्कीभित्र फल्सबटम बनाइ लुकाएर लैजाँदै गरेको रहेको २५ लाख ४ हजार ९ सय ५० रूपैयाँबराबरको चाँदी बरामद गरी अभियुक्तहरुलाई नियन्त्रणमा लिएको हो ।

दुई वटा पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएका व्यक्तिहरुमा बारा प्रसौनी गाँउपालिका वडा नं ६ प्रस्टोका बस्ने अन्दाजी वर्ष ३३ को सन्तोष साह सोनार र जीतपुर सिमरा उ.म.न.पा. वडा नं. ८ गमरगावाटोल बस्ने वर्ष २७ को सुरेश महतो रहेका छन् ।