मेरा सग्ला सपनाहरू– रामेश्वर राउत मातृदास
अखण्डित अनन्त आकाश
सौन्दर्यपूर्ण शान्त धरती
झलमलाउँदै नाचिरहने चन्द्र/सूर्य
एकाम्य उस्तै छन् सधैँ
अदम्य अविचलित मेरा सग्ला सपनाहरू
तोपचराले बडो यत्नसाथ बनाएको
सौन्दर्यपूर्ण गुँडजस्तै
मेरो जन्मभूमि/मेरो हरपलको ढुकढुकी,
बारम्बार छचल्किरहने समुद्रको मन भन्दा
अन्तत–अनन्तसम्म फैलिरहेको छ मेरो जीवन्त पन
सहनशील अग्ला यी हिमालहरू
समुद्रका/समुद्र धैर्य हाँसिरहन्छु हरपल
सीमातीत सधैँ मुस्कुराइरहने नीला–सौन्दर्य,
आफ्नै पाइलाहरू हुन् मेरा दिव्य धाम
म एकफाँको अग्नि–आश
तीन पाइला समय
र, एक बूँद पानीको थोपो,
शीर/पाउ पूरा जगमगाइरहन्छु पलपल
पाउला फक्रिरहने आफ्नै आमाबुबा छन् पवित्र धाम
वेदका ऋद्धा–ऋचाहरूमा मुखरित
ईश्वरका पनि ईशवर
तीर्थ–ब्रत, दान–धर्म यी अखण्डित अनन्त आकाशका–आकाश,
र, अग्लिरहेका हिमालयभन्दा महान्
बन्दनीय जन्मदाता सधैँ दण्डवत् !
पुज्य आमा–बुबाको,
चरणकमलमा नमन गर्दछु म बारम्बार !
अखण्डित अनन्त आकाश…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
प्रतिक्रिया