बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी शङ्करलाल अग्रवाल पक्राउ

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी शङ्करलाल अग्रवाल पक्राउ


बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका–४ स्थायी ठेगाना भएका शङ्करलाल अग्रवाललाई बुधबार (६ साउन) डिल्लीबजारबाट पक्राउ गरेको हो ।

बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए ।

अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।