तिहारविशेष हाजिरीजवाफ प्रतियोगिता

तिहारविशेष हाजिरीजवाफ प्रतियोगिता


राजविराज । बौद्धिक अभ्यास तथा रचनात्मक कृयाकलापको निरन्तरतास्वरुप राजविराजमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वर्षेनी तिहार विशेष हाजिरीजवाफ प्रतियोगिता गर्दै आएको लिटिल फ्लावर सेकेण्ड्री स्कुलले विद्यालय अन्तर्गत हाउसका बीच मंगलबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

कक्षा चारदेखि कक्षा सातका बीच भएको प्रतियोगितामा ब्लु स्टार बिजेता र ब्लु मुन उपविजेता भएको छ । यसैगरी कक्षा आठदेखि कक्षा १० का बीच भएको प्रतियोगितामा रेड स्टारले जीत हासिल गरेको छ भने ग्रीन स्टार उपविजेता बनेको छ ।

प्रतियोगितामा आठ÷आठ गरी १६ वटा समूह सहभागी रहेको शिक्षक सन्तोष देवले जानकारी दिनुभयो । विद्यालयका अध्यक्ष साण्डली देवको अध्यक्षता र प्रमुख अतिथि पत्रकार एवं अधिकारकर्मी मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विजयी प्रतियोगीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

प्रमुख अतिथि पोखरेलले हाजिरीजवाफ प्रतियोगितामा उत्तर दिने विद्यार्थीहरुलाई भविष्यमा स्वयं विभिन्न प्रश्नको उत्तर बन्न शुभकामना दिए । जुन घर, विद्यालय र समाजमा अभिभावक, शिक्षकहरुको आर्शिवाद रहन्छ त्यहाँ सधै धनतरेस हुने, जहाँ मेलमिलाप छ त्यहाँ सधै भाइटिका हुने र जहाँ बालबालिका खुशी छन् त्यहाँ सधै दीपावली हुने भन्दै प्रमुख अतिथि पोखरेलले सबै विद्यालयहरुले पढाइको साथमा सामाजिक विषयवस्तुका बारेमा ज्ञान दिनुपर्नेमा जोड दिए ।