तिहारमा बालेको बैनबत्तीबाट पाँच घर जले

तिहारमा बालेको बैनबत्तीबाट पाँच घर जले


कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरमा तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंशीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

आगलागीबाट दुई लाख रुपैयाँबराबरको क्षति भएको छ भने अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् । आगोबाट मानवीय क्षति भने नभएको बताइएको छ ।