चार लाख नगदसहित ३३ जुवाडे कुखुराको खोरबाट पक्राउ

चार लाख नगदसहित ३३ जुवाडे कुखुराको खोरबाट पक्राउ


महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रवीण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित तीन लाख ८४ हजार २३० रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।