देउसी भैलोबाट सङ्कलित रकम मिर्गाैला पीडितलाई

देउसी भैलोबाट सङ्कलित रकम मिर्गाैला पीडितलाई


देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम दुवै मिर्गाैला पीडित सम्झना बुढाथोकी (राउत) को उपचार सहयोगका लागि प्रदान गरिएको छ ।

भद्रपुरस्थित शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी भैलो खेलेर सङ्कलन गरिएको रु ५० हजार ५६५ आज सम्झनाको बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

चिकित्सकले २७ वर्षीय सम्झानालाई चाडै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनका बुबा भुवनले बताए । हाल उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

सम्झनाको उपचारमा अहिलेसम्म रु २२ लाखभन्दा बढी रकम खर्च भइसकेको भुवनले बताए । छोरीको उपचारमा सहयोग गरिदिनका लागि उनले सबैसँँग अपिल पनि गरेका छन् ।