झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु


झापाको कन्काई नगरपालिका–१ स्थित दुर्गापुरमा आइतबार सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुरमा को.१च ७७०५ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले जानकारी दिए । चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।