सरकारी कारबाहीमा यमनमा ६१ हुथी विद्रोही मारिए

सरकारी कारबाहीमा यमनमा ६१ हुथी विद्रोही मारिए


गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकु मारिएका छन् ।

सरकारी फौजको कारबाहीमा परेर अन्य दर्जनौँ घाइते पनि भएको स्थानीय स्वास्थ्यकर्मीहरू र सैन्य स्रोतहरूले शनिबार जनाएका छन् । घाइतेहरूको नजिकैका अस्पतालहरूमा उपचार गरिएको छ ।

मारिनेमा ४३ जना हुथी विद्रोही र नौजना उनीहरूका समर्थक रहेका छन् । अन्य नौजना समर्थकको भने होडेडाको दक्षिणमा पर्ने मोखामा रहेको एउटा सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

घाइते दर्जनौँ विद्रोहीलाई साना र इब प्रान्तका अस्पतालहरूमा स्थानान्तरण गरिएको होडेडास्थित सैनिक अस्पतालले जनाएको छ ।