राष्ट्रिय खेलकुद परिषदले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड, स्नुकर तथा पुल संघ पुनर्गठन गरेको छ ।
पुनर्गठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सहसचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सहकोषाध्यक्षमा केशर मल्ल रहेका छन् ।
त्यस्तै सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र राखेपबाट २ जना प्रतिनिधि रहेका छन् ।
पदाधिकारीहरूलाई राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे । पुनर्गठित संघलाई समयसाक्षेप विधान संशोधन गरी राखेपबाट स्वीकृति लिई तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।
प्रतिक्रिया