एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन


इन्डोनेसियाको बालीमा जारी चौथो भोभिनम एसियन च्याम्पियनसिपमा नेपालका तर्फबाट ७२ केजी तौल समूहमा अजय बुढाथोकीले रजत पदक जितेका छन् । उनी क्वार्टरफाइनलमा बाई पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका बुढाथोकी फाइनलमा भने भियतनामका खेलाडीसँग पराजित भएका थिए ।

बुढाथोकीले यसअघि पनि मिक्स मार्सल आर्टमा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाइसकेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै चारसदस्यीय टोलीमा प्रशिक्षकद्वय सीताराम हुमागाई, राजेश तामाङ र खेलाडी अजय बुढाथोकी, पुकार हुमागाईंले सहभागिता जनाएका थिए ।

त्यस्तै अजय र पुकारले सेट फाइट इभेन्टमा कांस्य पदक जितेका छन् । विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरूमा सहभागिता जनाएका पुकार हुमागार्इंको भने यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।