मधेश आन्दोलनका घाइतेलाई तीन लाख

मधेश आन्दोलनका घाइतेलाई तीन लाख


मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका कविलासी नगरपालिका–१ पिपरियाका रामनाथ रायका २२ वर्षीय छोरा गुडुकुमार रायलाई प्रदेश सरकारले तीन लाख रकम प्रदान गरेको छ ।

नोकैल्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले घाइते रायलाई तीन लाखको चेक प्रदान गरे । मधेश आन्दोलनका क्रममा २०७२ साल मङ्सिर १७ गते सर्लाहीको नवलपुरमा आयोजना गरिएको जनसभामा प्रहरीको गोली लागी उनि घाइते भएका थिए ।

सोही कार्यक्रममा मुख्यमन्त्री राउतले दीपावलीको दिन ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा आगलागीमा परी मृत्यु भएको एक बालक परिवारलाई दुई लाख सहयोग गर्ने घोषणा गरे । दीपावलीको अवसरमा मैनबत्ती बालेर गाडीभित्रै राखेर सुतेको अवस्थमा आगलगी हुँदा रामलाल रायको १२ वर्षीय छोरा धनिकलाल रायको जलेर मृत्यु भएको थियो ।