एकल महिलालाई आत्मनिर्भर बनाउन समूह गठन

एकल महिलालाई आत्मनिर्भर बनाउन समूह गठन


रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ ।

अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग गर्नेछ । चालु आव २०७५-७६ का लागि रु १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । सिलाईकटाइसम्बन्धी वा अन्य सीप हुनेलाई सोहीअनुसार कामको खोजी गर्ने तथा उत्पादनलाई बजारसम्म पु¥याइने जिसीले बताए ।

‘समूहको मागअनुसार काम गर्दछौं’ उनले भने । गाउँपालिकाले समूह गठन र बजेट परिचालनसम्बन्धी अन्तरक्रिया प्रत्येक वडामा गरिसकेको छ । एकल महिलाको विकास निर्माणमा सहभागिता बढाउने तथा उनीहरुलाई आत्मनिर्भर बनाउन यस अभियानबाट मद्दत पुग्ने छ । एकल महिला ज्ञान, सीप र क्षमताको प्रयोग गरी सक्षम बन्ने अध्यक्ष जिसी बताउँछन् ।