मोटीको कमाउने काइदा
मोटो शरीरलाई सुन्दरताको दुश्मन ठानेर खिसिट्युरीको विषय बनाउने गरिन्छ । शरीरमा ज्यादा तौल हुनुलाई सुस्तता र अल्छीपनको प्रतीकसमेत मान्ने गरिन्छ । तर, उल्लिखित सबै मान्यतालाई गलत साबित गर्दै अमेरिकाको लसभेगासनिवासी महिलाले आफ्नो मोटोपनलाई नै प्रशस्त आम्दानीको स्रोत बनाएकी छिन् । अमान्डा नामक यी ३८ वर्षीया महिलाको शरीरको तौल एक सय २७ किलोग्राम र उचाइ ६ फिट तीन इन्च छ । छातीको चौडाइ ६३ इन्च रहेकी भीमकाया अमान्डाको काम पुरुषलाई खुसी पारेर पैसा कमाउनु रहेको छ । पुरुषलाई खुसी पार्ने भन्नुको मतलब उनी कुनै पनि सेक्सुअल क्रियाकलापमा संलग्न हुने भन्नेचाहिँ होइन । सेक्सुअल प्लेजर नदिए पनि अन्य हिसाबले चाहिँ उनी मर्दहरूलाई भरपूर आनन्द प्रदान गर्छिन् । अमान्डासँग खेलबाड गरेर आनन्द उठाउन प्राय: हाइट कम भएका पुरुष र अमान्डाको थुलथुले शरीरमुनि च्यापिएर मस्ती लिन चाहनेहरू पुग्ने गरेका छन् । आफ्नो विशाल शरीरमुनि पुरुषलाई च्याप्दै लडिबुडी गरेकै भरमा उनलाई प्रशस्त पैसा मिल्ने गरेको छ ।
टाउको गिँडिएपछि कत्रो कमाइ †
टाउको काटिएपछि तत्कालै या केही सेकेन्ड, नभए केही मिनेटमा प्राणीको मृत्यु हुन्छ । सामान्यतया हुने यही नै हो । टाउको छुट्टिएपछि पनि कुनै प्राणी १८ महिनासम्म जीवित रहेको सुनियो भने पत्याउन मुस्किल नै पर्छ । तर, यस्तै अपत्यारिलो घटना मिसिगन (अमेरिका)मा घटेको छ । भएछ के भने डिनरका लागि चिकन परिवारबाट फर्माइस भएपछि लयाड ओल्सन नामक अमेरिकीले आफैँले पालेर राखेको कुखुरा काट्न खोजे । धारिलो हतियारले उनले कुखुराको टाउको छिनाए । हतारमा कटाइ अलिक गडबड परेछ । चुच्चो, सिउर, आँखासहित टाउकोको मुख्य हिस्सा ओल्सनको हातमा थियो, तर कुखुरा भने निकै बेरसम्म पनि मरेन । त्यसपछि उनले टाउको काटिएर मुर्खुट्टो बन्न पुगेको त्यो कुखुराको मासु खाने विचार नै त्यागे र उपचार गराए । शिर काटिए पनि दिमागसम्म पुग्ने नाडी र खानपिन गर्ने मुख्य नली काटिएकै रहेनछ । मुख नभए पनि त्यही नलीमार्फत खानेकुरा खुवाएर ओल्सनले उक्त कुखुरालाई तमासाको साधन बनाए । मुर्खुट्टे कुखुराको बयान निकै चल्यो । अठार महिना बाँचिन्जेल अधमरो बनेको कुखुरामार्फत ओल्सनले महिनाको ४५ सय डलर आम्दानी गरे ।
बीसकै उमेरमा यत्रो भार
त्यसो त संसारमा मोटा मानिसको कुनै कमी छैन । तर, बीस वर्षकै उमेरमा कसैको तौल दुई सय ५० किलो पुग्छ भने त त्यसलाई उदेकपूर्ण नै मान्नुपर्छ । चीनको लायोनिङ क्षेत्रनिवासी जयाङ हाङजुङलाई हेर्दा यस्तै आश्चर्यको भाव पैदा हुन्छ । सानैदेखि अस्वाभाविक रूपले तौल बढ्न थालेपछि हाङजुङका अभिभावकले उपचार गरेर अस्वाभाविक शारीरिक वृद्धि नियन्त्रण गराउने प्रयत्न नगरेका पनि होइनन् । तर, आर्थिक दूरावस्थाका कारण उनीहरूको त्यो प्रयत्न बीचैमा तुहिएको रहेछ । यतिबेला मोटे हाङजुङको अवस्था यस्तो छ कि एकातिरबाट अर्कोतर्फ सामान्य कोल्टे फर्किन पनि उनको निम्ति पहाड चढेजत्तिकै हुन्छ । आफ्नो जिन्दगीका अमूल्य पलहरू एउटै ओछ्यानमा बसी गुजार्नुपर्ने बाध्यता उनलाई आइलागेको छ । उनलाई दिसा–पिसाबका लागि यताउता गराउने कार्य परिवारजनका लागि अत्यन्त कष्टसाध्य बनिरहेको छ । बीसवर्षे हाङजुङको यो भार विश्वरेकर्ड नै कायम गर्ने कोटिको हो–होइन भन्नेचाहिँ अहिलेसम्म सिद्ध भइसकेको छैन ।
सहरको बीचमै यस्तो हर्कत
रुसको समारा सहरका प्रहरीलाई लाजपचेका एक जोडी युवायुवतीले हैरानीमा पारिदिएका छन् । उक्त जोडीलाई प्रहरीले धुवाँधार खोजी गरिरहेको छ । तर, उनीहरू फेला परेका छैनन् । भएछ के भने मानिसको भीडभाड लागिरहने सहरको बीचक्षेत्रमा रहेको एक पार्कसँगै रहेको पानीको फोहोराले उक्त जोडीलाई हुनुसम्म कामुक तुल्याएछ । उनीहरूले आफूलाई नियन्त्रणमा राख्न नसकेपछि फोहोराको डिलमै उनीहरूले यौनक्रीडा सुरु गरेछन् । बिहानको एघार बजेको समयमा युवक उत्तानो परेको र उसमाथि उनकी महिला पार्टनर चढेको अश्लील दृश्य सयौँ मानिसले करिब १५ मिनेटसम्म व्यहोर्नुपरेछ । यस्तो सहिनसक्नुको धृष्टता देखेपछि एक युवकले भिडियो क्यामेरामा सो दृश्य कैद गरे र सोझै प्रहरी गुहार्न पुगे । तर, त्यतिबेलासम्म काम सिध्याएर गतिछाडा जोडीले सुइँकुच्चा ठोकिसकेको थियो । सार्वजनिक स्थलमा अश्लील कार्य गरेर आमनागरिकलाई पानी–पानी तुल्याउनेहरूलाई फोटोको आधारमा प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया