अरिँगालको चिलाइबाट बालकको मृत्यु

अरिँगालको चिलाइबाट बालकको मृत्यु


दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिँगालको चिलाइबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनीष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिए । मृतक बालककी आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिँगालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनीषलाई अरिँगालले चिलेको हो ।

अरिँगालको चिलाइबाट पूरै शरीरमा विष फैलिएर गम्भीर अवस्थामा रहेका बालकलाई धेरै मात्रामा पानी खुवाएका कारण ज्यान गएको अहेव शाहीले बताए । उनका अनुसार बालकको दुल्लु अस्पतालमा पुऱ्याएपछि मृत्यु भएको हो ।