प्रहरीलाई जुनसुकै हालतमा सुधार्नेछु : प्रहरी महानिरीक्षक

प्रहरीलाई जुनसुकै हालतमा सुधार्नेछु : प्रहरी महानिरीक्षक


नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारबाही गरिने बताएका छन् ।

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उदघाटनमा पुगेका खनालले भने, ‘समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ, तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।’

खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताए । गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उदघाटन गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गरे ।