नसर्ने खालका रोगको चपेटामा युवा

नसर्ने खालका रोगको चपेटामा युवा


-सम्झना शाक्य
हाल नेपालको स्वास्थ्य अवस्थालाई विचार गर्ने हो भने हामी स्वास्थ्य समस्याको दोहोरो मारमा परेका छौँ । एकातिर झाडा-पखाला, टाइफाइड, मलेरिया, क्षयरोग, एड्स, हेपाटाइटिसजस्ता सङ्क्रमित रोगको नियन्त्रणमा कठिनाइ भइरहेको छ भने अर्कोतिर मधुमेह, उच्चरक्तचाप, मुटुरोग, क्यान्सरजस्ता नसर्ने खालका रोगहरू पनि बढ्दै गइरहेको छ । स्वास्थ्य क्षेत्रमा राज्यको लगानी एक त निकै कम छ त्यसमाथि भएका स्रोत तथा साधनहरू पनि सर्ने खालका रोग तथा भैपरी आउने महामारीको व्यवस्थापनमा बढी केन्द्रित भएको देखिन्छ । नसर्ने खालका रोगहरूका बारेमा राज्यको स्पष्ट नीति तय भइनसकेको र स्रोत-साधन पनि निश्चित भएको यो अवस्थामा जनस्तरबाट नै यस्ता रोगको नियन्त्रणमा पहल हुनु जरुरी छ ।
समय परिस्थितिअनुसार नसर्ने खालका रोगहरूको बारेमा जनअवधारणा परिमार्जन गर्नु, यस्ता रोगहरूको रोकथाम तथा नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्नु आजको मुख्य आवश्यकता हो । मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर, उच्च कोलेस्टेरोलजस्ता रोगहरूलाई धनीको रोग, ४० वर्ष नाघेपछि लाग्ने रोगको रूपमा लिइन्थ्यो । तर, यो कुरा हाल आएर ‘उहिलेका कुरा खुइले’ भन्ने उखानजस्तै भएको छ । किनभने, हाल आएर यस्ता रोगहरूको चपेटामा पर्नेहरूको सङ्ख्यामा गरिब तथा युवावर्गको हिस्सा बढ्दै जान थालेको छ । सन् २०११, मार्चमा अमेरिकाको हार्वर्ड स्कुल अफ मेडिसिनमा भएको एक कन्फरेन्सबाट यो कुरा अझ स्पष्ट भएको छ । उक्त बौद्धिक भेलाले नसर्ने खालका रोगहरूले गरिब मुलुकका जनता तथा युवाहरूलाई बढी असर गरेको प्रस्ट पार्दै यस्ता समूहमा प्रभावकारी कार्यक्रम नगरीकन यस्ता रोगहरूसँग लड्न असम्भव रहने कुरामा जोड दिएको छ । त्यसैगरी ५० वर्षमा विश्वका विभिन्न देशहरूमा भएका मृत्युको अध्ययनअनुसार १ देखि ४ वर्षका बालकहरूमा पाइएको मृत्यु सङ्ख्याभन्दा १४ देखि २४ वर्षका पुरुषहरूको मृत्युको सङ्ख्या दुई-तीनतिहाईले बढी पाइएको ब्रिटिस मेडिकल जर्नल ‘ल्यानसेट’ले प्रकाशित गरेको छ । यसबाट के बुभन सकिन्छ भने हामीजस्ता विकासोन्मुख राष्ट्रमा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा धेरै ध्यान दिइने गरिएको छ । तर, अब स्वास्थ्यको प्राथमिकतालाई युवातिर पनि केन्द्रित गर्नु जरुरी भइसकेको छ ।
नेपालको जनसङ्ख्यालाई हेर्ने हो भने पनि युवाले प्रमुख हिस्सा ओगटेको छ । युवा वर्ग भनेका सामाजिक, आर्थिक रूपमा अत्यन्तै उत्पादनशील जनसमूह हो । साँच्चै भन्ने हो भने २५ वर्षजतिको उमेरसम्ममा मानिसले धेरै सङ्घर्ष गरी आप\mनो जग बसालेर जीवनको लक्ष्य निर्धारण गरेको हुन्छ । २५ देखि ३५ वर्षको उमेरमा मानिसहरू आप\mनो सामाजिक जीवनमा परिवर्तन ल्याउने, आर्थिक रूपमा उन्नति-प्रगति गर्ने गर्दछन् । यस्ता उमेरका मानिसमा निर्भर हुने अन्य मानिस पनि धेरै हुन्छन् । जस्तो बुढेसकाल भएका आमाबुबाहरू, श्रीमती, साना बच्चा-बच्ची आदि । यही उमेर समूहका मानिस कुनै कम्पनी वा कार्यालयका प्रभावकारी कर्मचारी पनि भएका हुन्छन्, यस्तो अहम् भूमिका निर्हाह गरिरहेका मानिसलाई केही भएमा उसलाई मात्रै होइन उससँग आश्रति अन्य व्यक्तिलाई समेत प्रत्यक्ष असर पर्छ ।
युवावर्गमा देखिएका प्रमुख नसर्ने खालका रोगहरूमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, उच्च कोलेस्टेरोल आदि पर्दछन् । यी समस्या हृदयाघात, पक्षाघातजस्ता गम्भीर रोगहरूको कारकतत्त्व प्ानि हुन् । युवाहरूमा यस्ता समस्याहरू देखिनुका पछाडि जीवनशैलीसँग सम्बन्धित केही महत्त्वपूरर््ण्ा कुराहरू पर्छन् । तिनीहरूमध्ये धुम्रपान, सर्ुर्तीजन्य पदार्थहरूको सेवन, अस्वस्थ खाना, निष्क्रिय जीवनशैली, मदिराको अत्यधिक सेवन केही प्रमुख कारण हुन् । धुम्रपान, सर्ुर्तीजन्य पदार्थको सेवन र मध्यपान समाजमा संस्कृति र फेसनको रूपमा विकास भएको पाइन्छ । युवाहरू विशेषगरी किशोरावस्थामा साथ्ाीहरूको सङ्गत र दबाबका कारण यस्ता कुलतमा फस्ने गर्दछन् । धुम्रपानलाई फोक्सोको क्यान्सरको प्रमुख कारकतत्त्वको रूपमा लिइन्छ । तर, त्यति मात्र होइन यो हृदयाघात गराउने मुटुरोग जसलाई कोरोनरी मुटुरोग भनिन्छ, त्यसको पनि प्रमुख कारकतत्त्व हो । चुरोट तथा सर्ुर्तीजन्य पदार्थहरूमा निकोटिन भन्ने एक प्रकारको विषादी पाइन्छ । यसले रक्तनलीभित्र घाउ बनाउँछ, जसले गर्दा त्यहाँ खराब खालका चिल्लो पदार्थ जम्न जान्छ र प्रभावित रक्तनलीमा राम्ररी रगत प्रवाह हुन सक्दैन । फलस्वरूप हृदयाघात, पक्षाघात हुन सक्दछ । नेपालमा सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने नियम भए पनि यसको कार्यान्वयन भएको उत्ति पाइँदैन । सर्ुर्तीजन्य पदार्थमा चर्को कर लगाए पनि विज्ञापनमा रोक लगाए पनि, जुन संस्कृति र फेसनको रूपमा यो विकास भएको छ, यसलाई नियन्त्रण गर्न सकिएको अवस्था छैन । त्यसैले युवाहरू नै जागरुक भई धुम्रपान निषेधित मित्रहरूको समूह तथा क्षेत्र बनाउनुपर्छ ।
हाल आएर युवा वर्गको खानपानको छनोटमा पनि निकै परिवर्तन आइसकेको छ । कारखानामा बनेका खानेकुराहरू, रेस्टुरेन्टका खानेकुराहरू, टिनका बट्टामा प्याक गरी आउने खानेकुराले परम्परागत स्वस्थ तथा प्राकृतिक खानेकुरालाई ठ्याक्कै छायामा पारिदिएको छ । हुन त कामको व्यस्तताका कारण सधैं घरमा नै पकाएका खानेकुरा खान नभ्याउने र बाहिर स्वस्थ खाना नपाइने हुनाले पनि आजका युवापिँढी फास्टफुड खान बाध्य छन् । यही अस्वस्थ खाना नै उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, मोटोपनाजस्ता समस्याको कारकतत्त्व बनेको छ । कतिपय युवाले सागपात तथा तरकारी खाँदा नाक खुम्च्याउने, त्यसको सट्टामा तारेको आलु, मासु, अण्डामा बढ.ी जोड दिएको पाइन्छ । जुन एकदम गलत हो । प्रशस्त मात्रामा सागसब्जी तथा तरकारीहरू खाने बानी गर्नुपर्छ । त्यसैगरी हरेक दिन कुनै न कुनै फलफूल खाने गर्नुपर्छ । घरबाट टिफिनमा खाजा बोक्न लाज मान्नुहुँदैन । होटल, रेस्टुरेन्टहरूमा खानेकुरा खाँदा अर्डर गर्दा नै अलि चलाख भएर नुन कम गर्न, चिल्ल्ाो कम गरेर पकाउन अनुरोध गर्नुपर्छ । खानेकुराको छनोट गर्दा पनि सम्भव भएसम्म स्वस्थ खानाको छनोट गर्नुपर्छ । जंक फुड, फास्ट फुडमा नियन्त्रण हुनुपर्छ । सरकारले अत्यधिक नुनको प्रयोग गरिएका, अत्यधिक चिनीको प्रयोग गरिएका खानेकुराहरूमा नियन्त्रण गर्नु जरुरी छ ।
यातायात र प्रविधिमा भएको विकासले गर्दा हाम्रो शारीरिक क्रियाकलाप धेरै घटेको छ । जस्तो घरको नै कामको कुरा गर्ने हो भने पनि पानी तान्ने मेसिन, लुगा धुने मेसिन, घरको काममा सहयोग गर्ने मान्छेज्ास्ता कारणले हाम्रो शारीरिक काम घटेको छ । घरैपिच्छे रोकिदिने माइक्रोबस, मोटरसाइकल, स्कुटरजस्ता यातायातका साधनहरूले गर्दा हाम्रो हिँडाइ निक्कै कम हुन गएको छ । फुर्सदको समयमा पनि हामी टीभी हेर्ने, पत्रपत्रिका पढ्ने, तास खेल्नेजस्ता काम गर्दछौँ । जुन स्वास्थ्यको हिसाबले हितकर छैनन् । हाम्रो यस्तो जीवनशैलीले हामीलाई धेरै नै निष्क्रिय बनाएको छ । यसकारण फुर्सदका समयमा शारीरिक श्रम पर्ने खालका कामहरूजस्तो करेसाबारीमा काम गर्ने, भुइँ पुछ्ने, हिँडडुल गर्ने, खेलकुद खेल्ने, हाइकिङ ट्रेकिङ जानेजस्ता रचनात्मक तथा स्वास्थ्यबर्द्धक क्रियाकलापहरू र्ग्ार्न सकिन्छ । हिँड्नु सबैभन्दा राम्रो तथा प्रभावकारी व्यायाम हो, त्यसैले सकेसम्म हिँड्ने बानी गर्नुपर्छ ।
मध्यपानको हकमा यसलाई थोरै खाँदा लाभप्रद मानिन्छ तर धेरै खाँदा यो विषसमान हो । महिलालाई दिनको एक पेग र पुरुषलाई दिनको दुई पेगसम्म फाइदाजनक मानिन्छ । हाम्रो संस्कृतिमा ‘हुन्छ’ या ‘मिल्छ’ भनेपछि बोतल नै बुत्याउने चलन छ । यसकारणले गर्दा अत्यधिक मदिरापान गर्नु स्वास्थ्यको हिसाबले नकारात्मक हो । अझ पेय पदार्थसँग खाइने स्न्याक्सहरू त झनै हानिकारक हुन्छन् । किनभने प्राय: सबैजस्ाो स्न्याक्स तेलमा भ\mवाम्म डुबाएर पकाएका, नुनको अत्यधिक प्रयोग गरिएका हुन्छन् । यसैले हामीले मदिरापान गर्ने संस्कृतिलाई संयमित बनाउनु जरुरी छ । साथै यससँग खाइने स्न्याक्सलाई पनि परिमार्जन गरी फलफूल तथा सलादहरू ख्ााने, बफाएका स्न्याक्सहरू खाने गर्नुपर्छ ।
हामी युवाले बुभ\mनुपर्ने कुराहरू के हुन् भने, यस्ता नसर्ने खालका रोगहरू एकपटक लागेपछि चट्टै निको हुने हुँदैनन् । यो जीवनपर्यन्त रहिरहन्छ । जीवनभरि नै पथपरहेजमा रहनुपर्छ । जीवनशैलीमा विस्तारै सुधार गर्दै लैजानुपर्छ । कतिपय अवस्थामा खानपान र व्यायामले मात्र रोगको अवस्था नियन्त्रण भएको हुँदैन । त्यस्तो बेलामा नियमित औषधि खानुपर्ने हुन सक्छ । चिकित्सकको सल्लाहबमोजिम औषधि खानुपर्छ । औषधि खाएमा साइडइफेक्ट हुन्छ, किड्नी बिग्रन्छ भन्ने धारणा गलत हो । उच्च रक्तचापको औषधिको कुरा गर्ने हो भने त औषधि खाएन भने बरु अनियन्त्रित रक्तचापका कारण किड्नी फेल हुन सक्छ । औषधि सम्बन्धमा समाजमा व्याप्त गलत धारणालाई पनि परिवर्तन गर्नु जरुरी छ । कतिपय अवस्थामा चिकित्सकले बिरामीलाई औषधि खानुपर्छ भनी सम्झाएर पठाएको बेलामा पनि परिवारका सदस्य तथा साथीभाइले ‘लौ अहिलेदेखि औषधि खानु हुँदैन’ भनी हतोत्साहित पारेको हुन्छ । त्यसैले गलत अवधारणाको पछि नलागी आप\mनो रोगको बारेमा बिरामी आपै+m सचेत हुनु अत्यन्त जरुरी हुन्छ । अर्को कुरा, युवामा देखिएको यो समस्यालाई समाधान गर्नका लागि जनचेतना अभिवृद्धि गर्नु जरुरी छ ।
अन्तमा, यो लेख तयार गर्ने क्रममा सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव राजभण्डारीसँग मैले सोधेँ, ‘डाक्टरसाब, हिजोआज युवामा पनि मुटुरोग धेरै देखिन थालेको छ, यसको कारण के पाउनुभएको छ ? ‘ उहाँले भन्नुभयो, ‘स्मोकिङ
-धुम्रपान) नै यसको मुख्य कारण हो । हिजोआजका युवा साथीभाइको करकापमा परेर चुरोट खाने गर्छन् र यसको असरको बारेमा थाहा पाईकन पनि ख्यालै गर्दैनन् ।’ मैले अर्को प्रश्न गरेँ, ‘तपाईं युवालाई के सन्देश दिन चाहनुहुन्छ त ? ‘ उहाँले स्पष्टसँग भन्नुभयो- ‘डोन्ट स्मोक ? धुम्रपान नगर) ।’
-लेखिका सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकी वरिष्ठ स्टाफ नर्स हुन् ।)