फेडेरेसनद्वारा राखेपप्रति आभार व्यक्त

फेडेरेसनद्वारा राखेपप्रति आभार व्यक्त


युुनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (यूयूएनटीफ)ले राष्ट्रिय खेलकुद परिषदप्रति आभार प्रकट गरेको छ । फेडेरेसनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली टोलीलाई सहभागिता गराउने राखेपको निर्णयको स्वागत गर्दैै आभार प्रकट गरेको हो ।

त्यस्तै, माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म सञ्चालन हुने आठौँ राष्ट्रिय प्रतियोगिता पहिलोपटक सङ्घीय संरचनाअनुरूप हुन लागेको र उक्त प्रतियोगिता विभागीय टिमसँगै एनआरएनको टोलीलाई पनि सहभागिता गराउने राखेपको निर्णय स्वागतयोग्य भएको फेडेसनका अध्यक्ष सन्तोष प्रधानले बताएका छन् ।

आर्थिक आयका कारण विदेश पलायन भएका प्रतिभालाई राष्ट्रिय टोली हुँदै राष्ट्रिय टोलीसम्म पु¥याउन राष्ट्रिय खेलकुद प्रतियोगिता महत्वपूर्ण आधार बन्ने प्रधानले जनाएका छन् । साथै राष्ट्रिय खेलकुदमा एनआरको टोलीलाई सहभागिता गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पदाधिकारीलाई धन्यवाद दिँदै आठौँ राष्ट्रिय खेलकुदको सफल आयोजनाको शुभकामना दिएका छन् ।