मित्रराष्ट्र जापानको ओसाकामा आयोजना हुने विश्वस्तरीय ओसाका म्याराथन २०१८ मा सहभागी हुन चार सदस्यीय नेपाली टोली मंसिर ४ गते मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनको व्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम व्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा वैकुण्ठ मानन्धर र खेलाडीद्वयमा धर्म महर्जन तथा पुष्पलाल श्रेष्ठ रहेका छन् ।
‘अन्तर्राष्ट्रिय प्रशिक्षण नभए तापनि नेपाली धावकहरूले उत्कृष्ट नतिजा ल्याउनेछन्,’ प्रशिक्षक मानन्धरले बताए । विगत १० वर्षदेखि डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनले खेल तथा खेलाडीको विकास तथा उत्थानमा हरदम प्रयास गर्दै आइरहेको संस्थापक अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले जानकारी गराए ।
प्रतिक्रिया