रुपन्देहीका जिल्ला न्यायाधिवक्ता घुससहित पक्राउ

रुपन्देहीका जिल्ला न्यायाधिवक्ता घुससहित पक्राउ


सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला पक्राउ परेका छन् । उनी सेवाग्राहीसँग घुस लिएका पक्राउ परेका हुन् ।

निरौलालाई ८० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

अदालतमा रहेको ठगी मुद्दा मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएका थिए । विशेष सूचनाका आधारमा काठमाडौंबाट गएको अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो ।