बस नदीमा खस्दा १२ को मृत्यु

बस नदीमा खस्दा १२ को मृत्यु


भारतीय शहर जयपुरनजिकै कटाकमा मंगलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन् । उनले अस्पतालमा गएर घाइतेहरूको अवस्थाबारे जानकारी लिएको समाचारमा जनाइएको छ ।

स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदीको पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धारकार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिए ।

उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी दिएका छन् ।

यस दुर्घटनामा मारिएका व्यक्तिप्रति पटनायकले दुःख व्यक्त गर्दै घाइते भएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । बसमा करिब तीसजना यात्रु सवार थिए ।