टिपरको ठक्करबाट गयो चाँगाथलीका मनोजको ज्यान

टिपरको ठक्करबाट गयो चाँगाथलीका मनोजको ज्यान


यातायातको पहुँचमा पुगेका नेपाली जनताले पछिल्ला दिनमा ‘यमराज’को संज्ञा दिएका ‘टिपर’को लापर्वाहीका कारण आज फेरि अर्का एक नागरिकको अकालमै ज्यान गएको छ । साँझको बेला अनियन्त्रित तवरले हुँइकिएको बा ४ ख ८१८२ नम्बरको टिपरले भक्तपुर चाँगाथलीका मनोज थापा मगरको ज्यान लिएको हो ।

मोटरसाइकलमा सवार मनोजलाई बुधबार साँझ (करिव आठ बजेको समयमा) टिपरले धक्का दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको छ भने उनका भाइ मनिष थापा मगर घाइते भएका छन् ।

घटनापछि आक्रोशित स्थानीय (बालकोटवासी)बाट जोगाउन प्रहरीले टिपरलाई विशेष सुरक्षा दिएका छन् । घटनास्थल प्रधानमन्त्री केपी शर्मा ओलीको निवासको एक–डेढ किलोमिटर पेरिफेरिमा पर्छ ।