पन्ध्रौँ एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा विभिन्न भूमिकामा सहभागी हुन नौ सदस्यीय नेपाली टोली इन्डोनेसियाको केलापा गाडिङ प्रस्थान गरेको छ । अफिसियलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, नारायणदेव राणा, महेश महर्जन, राजेश जोशी र रवि महर्जन रहेका छन् ।
नोभेम्बर २१ देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका दौरान हुने रेफ्री सेमिनार, डान ग्रेडिङ र कोच सेमिनारमा सागर श्रेष्ठ, विनोद महर्जन, सुनन्द महर्जन र गंगाराम महर्जनले सहभागिता जनाउनेछन् । टोलीलाई राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले बिदाइ गरेका थिए ।
त्यसअघि नवनियुक्त उपाध्यक्ष तिम्सिनालाई राखेपका पूर्वकोषाध्यक्ष महर्जन, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेतीलगायतले बधाई दिनुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।
प्रतिक्रिया