गोजुरियो कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

गोजुरियो कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने


छैटौँ एसियाली गोजुरिया कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।

नोभेम्बर २१ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा पासाङ रिन्जिन लामा, रामकुमार गिरी, चिरायु रिजाल, फुर्साङ वाइबा, विमल थापा, सुजनकुमार पुरी, सन्जु नगरकोटी, अमित थापा, अर्जुनकुमार गहतराज विक, सरु मानन्धर, विमलकुमार राई, करिना पुरी, कमल लामा वाइबा, प्रमिशकुमार सिंह, नवीन काउछा, गोर्खाराज लामा, विधान अधिकारी र दिलीप पुनले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीनेतामा बलराम मित्र, अफिसियलमा चन्द्रप्रकाश घर्ती, ढाकाराम लामिछाने, राजेशबहादुर श्रेष्ठ र मुक्तिनाथ गुरुङ, व्यवस्थापकमा सुवास इटनी, सहायक व्यवस्थापकमा राजु अधिकारी र प्रशिक्षकमा विजय अधिकारी रहेका छन् । विसनसिंह खड्का, सानुबाबु गिरी, प्रकाशकुमार चन्द, दीपक लामा, सानुकाजी नगरकोटी, रामकुमार श्रेष्ठ, वीरेन्द्रबहादुर शाही, डम्बरबहादुर शाही, पुष्पकुमार क्षेत्री र सन्दीप थापा छन् । विसनसिंहले प्रतियोगितामा भेट्रान एकल कातातर्फ पनि प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले बिदाइ गरेका थिए । उक्त टोली मलेसियाको क्वालालम्पुरमा डिसेम्बर १ र २ तारिखमा हुने पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि सहभागी हुने बताइएको छ ।