टोरन्टो ओपनमा नेपालीलाई सफलता

टोरन्टो ओपनमा नेपालीलाई सफलता


क्यानडाको टोरन्टो शहरमा अवस्थित भेराइटी भिलेजको विशाल हलमा आयोजित टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट तेक्वान्दो एकाडेमीले १६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जित्न सफल भएको छ ।

तेक्वान्दो अन्तर्राष्ट्रिय रेफ्री एवं प्रशिक्षक मास्टर धीरेन्द्र शाही जीटीएको ब्राम्पटन र स्कारबोरोमा सञ्चालित २ वटा तेक्वान्दो क्लबका ४५ जना खेलाडी स्पाइरिङमा तथा पुम्सेमा उकृष्ट खेल प्रदर्शन गर्न सफल भएका थिए । खेलाडीहरूलाई प्रशिक्षक धीरेन्द्र शाही, यादव कुँवर र रविन जोशीले प्रशिक्षण गरेका थिए ।

सफलतासँगै आायोजक याङ चोङ तेक्वान्दो एकेडेमीले एभरेष्ट एकेडेमीलाई विशेष ट्रफीले सम्मान गरेको थियो । क्यानडालगायत विभिन्न राष्ट्रका करिब १ हजार १ सय खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री शाहीको संयोजकत्वमा अन्य नेपाली रेफ्रीले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

एभरेष्टको सहभागितामा नेपाली तेक्वान्दो मास्टरहरू राजु थापा, नीरज पौडेल, गिरी बुढाथोकी, लीला शाही, आनन्द अर्गेजा, कल्याण कुँवरले विशेष सहयोग गरेका थिए । नोभेम्बर १७ र १८ मा सञ्चालित यो प्रतियोगिता क्यानडाको पुरानो र प्रतिष्ठित प्रतियोगितामा गनिन्छ ।