नुवाकोटमा भान्जी बलात्कार गर्ने मामा पक्राउ

नुवाकोटमा भान्जी बलात्कार गर्ने मामा पक्राउ


नुवाकोटमा बौद्धिक अपांगता भएकी किशोरीलाई बलात्कार गर्ने एक एक किशोर पक्राउ परेका छन् । नाताले भान्जी पर्ने किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सूर्यगढी– ३ बागेश्वरीका सोमबहादुर तामाङलाई पक्राउ गरेको हो ।

२८ वर्षीय तामाङलाई नियन्त्रणमा लिएर नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ ।

प्रहरी निरीक्षक खड्काका अनुसार तामाङले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भनी पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।

किशोरीको स्वास्थ्य परीक्षण, प्रारम्भिक अनुसन्धानअनुसार तामाङले सो कुकर्म गरेको प्रमाणित भएकोले उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।