बलात्कारीको लिङ्ग छेदन

बलात्कारीको लिङ्ग छेदन


‘बलात्कारीलाई उसको लिङ्ग काटेर सजाय दिनुपर्छ’ भन्ने आवाज हामी अक्सर सुन्ने गर्छौं । यस्तो सजायको वैधानिक व्यवस्था भने सम्भवतः कतै छैन । तर, एक व्यक्तिले चाहिँ आफ्नी नाबालिक छोरीमाथि दूराचार गर्ने वृद्ध ‘धर्मगुरु’को लिङ्ग काटेर यथार्थमै यस्तो सजाय दिएका छन् ।

घटना दक्षिण अफ्रिकाको हो । आफ्नी नौ वर्षीया छोरीलाई ६६ वर्षीय धर्मगुरुले बलात्कार गरेको जानकारी श्रीमतीबाट प्राप्त भएपछि ती व्यक्तिको रिसको पारा यति चढ्यो कि अभियुक्तलाई खोजेर उसको लिङ्ग नकाटेसम्म शान्त रहनै सकेनन् ।

मास मलगास नामका कथित धर्मगुरुको लिङ्ग टुक्र्याउनुअघि ती व्यक्तिले उनलाई बेस्सरी भकुरे, पछि लिङ्गै काटिदिए । यतिले पनि चित्त नबुझेर घाइते वृद्धलाई उनले पुलिसको जिम्मा लगाए । प्रहरी कष्टडीमा पुग्दा गम्भीर घाइते अवस्थामा रहेका धर्मगुरुलाई प्रहरीले उपचारका लागि अस्पताल पु¥यायो, तर उनको ज्यान भने बचेन ।