घर जल्दा ७ लाखको क्षति

घर जल्दा ७ लाखको क्षति


म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित रु १० हजार, घरभित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको हो । आगलागी एको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।