चीनमा चार लाख गैरसरकारी संस्था !

चीनमा चार लाख गैरसरकारी संस्था !


चीनमा समुदायमा आधारित गैरनाफामूलक संस्थाहरूको संख्या झन्डै चार लाख पुगेको छ ।

नागरिक मामिला सहायक मन्त्री झान चेङफुका अनुसार तीन लाख ९३ हजार गैरनाफामूलक सामुदायिक संस्थाहरू पुगेका छन् । विषेश गरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उनको भनाइ छ ।

त्यसैगरी ग्रामीण क्षेत्रमा उत्पादनजन्य कामका लागि प्राविधिक सेवा दिने काम पनि यी संस्थाहरूले गर्ने गरेका छन् । उनका अनुसार यीबाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेका छन् । ती संस्थाहरूमा झन्डै दुई लाख ३० हजार सामाजिक कार्यकर्ता क्रियाशील रहेका छन् ।