दोहोरो गोली हानाहानमा ६ जना लडाकु मारिए

दोहोरो गोली हानाहानमा ६ जना लडाकु मारिए


सधैँ अशान्त भइरहने भारत नियन्त्रित कस्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा ६ जना विद्रोही लडाकुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कस्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतंकवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ ।

गुप्तचर निकायले दिएको सूचनाअनुसार सुरक्षा अधिकारीहरूले शंकास्पद व्यक्तिहरू रहेको सूचना पाएलगत्तै सो इलाकालाई सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए ।

कस्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र संघर्ष जारी छ । भारत र कस्मिरमा बाँडिएको कस्मिरका विषयमा भारत र पाकिस्तानबीच दुईवटा युद्ध भइसकेका छन् ।