मानिस बेच्न खोज्ने अभियुक्तहरु चौध वर्षपछि पक्राउ

मानिस बेच्न खोज्ने अभियुक्तहरु चौध वर्षपछि पक्राउ


मानव अपहरण गरेर बन्दी तुल्याई भारत लगेर बिक्री गर्न खोजेको अवस्थामा पक्राउ परेका तर पछि फरार भएका अभियुक्तलाई बारा प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजिन्द्र राय, शिवधारी महरालगायत रहेका छन् ।

अभियुक्तहरूले बारा झिटकैयाका शिवशंकर साह तेलीलाई भारत लगेर बिक्री गर्नकै लागि बन्धक बनाएर विहार पूर्वी चम्पारण महुअवा थानाअन्तर्गत चनरमन गाउँका सुरेन्द्र्र बरैको घरमा बन्धक बनाएर राखेका थिए ।

सो अवस्थामा ०६२ वैशाख ११ का दिन भारतीय प्रहरीको सहयोग लिएर नेपाल प्रहरीले शिवशंकरलाई सकुशल उद्दार गरेको थियो । तर कानुनी कारवाहीको प्रक्रिया चल्दै गर्दा अभियुक्तहरु भागेका थिए ।

फरार भएको १४ वर्षपछि गत मंगलबार बारा प्रहरीले आ–आफ्नै घरमा लुकी बसेको अवस्थामा अभियुक्तहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई अदालतमा पेस गरी सजाय कटाउन पर्सा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।