शर्मा एसियन मार्सल आर्टसको महासचिवमा चयन

शर्मा एसियन मार्सल आर्टसको महासचिवमा चयन


नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एसियन मार्सल आर्टस्को सर्वोच्च निकाय एसियन मार्सल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन् ।

थाइल्यान्डको बैंककमा मंसिर ६ गते बिहीबार सम्पन्न एसियन मार्सल आर्टस् गेम्स कमिटीको बैठकले शर्मालाई चार वर्षका लागि महासचिवमा चयन गरेको हो । सोही बैठकले उक्त कमिटीको अध्यक्षमा भारतका बीके भरतलाई चयन गरेको छ ।

भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुबई, रसिया, टर्कीलगायत देश आबद्ध रहेको कमिटीको अन्य पदाधिकारीहरू जर्मनीमा रहेको विश्व मार्सल आर्टस् गेम्स कमिटीको अन्तर्राष्ट्रिय हेडक्वार्टरसँग समन्वयमा अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी गराए ।