नेक्सस् कप इन्टरनेसनल एकेडेमी फुटबल शुरु

नेक्सस् कप इन्टरनेसनल एकेडेमी फुटबल शुरु


नेक्सस् इन्टरनेसनल एकेडेमीको आयोजनामा तेस्रो नेक्सस् कप अन्तरविद्यालय फुटबल प्रतियोगिता मंसिर ७ गते शुक्रबारदेखि हुने भएको छ । आयोजक नेक्सस् इन्टरनेसनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कटुवालले मंसिर ६ गते बिहीबार पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएका हुन् ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालय सहभागी रहेको प्राचार्य कटुवालले बताए । प्रतियोगिताका विजयीलाई ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विद्यालय तहबाटै ‘एक विद्यार्थी एक खेल’ भन्ने अवधारणा साकार बनाउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । ‘विद्यार्थीको मानसिकसँगै शारीरिक विकास जरुरी हुन्छ भन्ने सोचका साथ हरेक वर्ष हामीले यस्ता प्रतियोगिता गर्दै आएका छौँ,’ कटुवालले स्पष्ट पारे ।

प्रतियोगिताको पेप्सीकोलास्थित फुटबल मैदानमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता आयोजनामा करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ ।